World Metrology Day-2024 को सन्दर्भमा
महानिर्देशक ज्यू को शुभकामना सन्देश
World Metrology Day - 2024 को सन्दर्भमा सबैमा नमस्कार ।
आजभन्दा करिव 250 वर्ष अगाडी आजकै दिन 20 May, 1875 मा संसारभरी एकै प्रकारको नापतौल प्रणाली लागू गर्ने उद्देश्यले शुरू भएको नापतौलको अन्तर्राष्ट्रिय इकाई (SI Unit) आजको दिनमा पनि उत्तिकै सान्दर्भिक रहेको छ ।
यस बर्षको नारा “ We measure today for a sustainable tomorrow” लाई आत्मसाथ गर्दै हामी आज World Metrology Day मनाउँदै छौं ।
औधोगिक रुपमा विकासशिल राष्ट्रको रूपमा रहेको नेपालको औद्योगिक उत्पादनमा अन्तर्राष्ट्रिय नापतौलका इकाई प्रयोग गर्दा आफ्ना उत्पादन अन्तर्राष्ट्रिय बजारमा पुर्याउन सहज हुने हुँदा यसको महत्व अझै बढीरहेको छ ।
नेपाल पनि नापतौलका अन्तर्राष्ट्रिय गतिबिधिमा संलग्न रही निरन्तर रुपमा नापतौलका आधुनिक प्रणालीहरुको बिकासगरी नेपाल गुणस्तर तथा नापतौल विभाग मार्फत देशभरीका उद्योग, कलकारखाना, ब्यवसाय तथा प्रयोगशालाहरूलाई सेवा दिईरहेको कुरा जानकारी गराउन चाहन्छु ।
पूनः नापतौल दिवस 2024 को सन्दर्भमा नेपाल गुणस्तर तथा नापतौल विभागको तर्फबाट सबैमा हार्दिक शुभकामना ब्यक्त गर्दछु।
धन्यवाद ।